प्रजातन्त्रवादी प्राध्यापक संघकाे राष्ट्रिय महाधिवेशन स्थगित

शुक्रबारबाट हुने तय भएकाे प्रजातन्त्रवादी प्राध्यापक संघकाे राष्ट्रिय महाधिवेशन स्थगित भएकाे छ । संघका अध्यक्ष जगत तिमिल्सिनाले विज्ञप्ति जारी गरेर महाधिवेशन स्थगित भएकाे जानकारी दिएका हुन् ।

प्रतिनिधि विवादका कारण प्रजातन्त्रवादी प्राध्यापक संघकाे महाधिवेशन दुइ स्थानमा ताेकिएकाे थियाे । संस्थापन पक्षले काठमाडाैंकाे प्रज्ञा भवन र इतरपक्षले कीर्तिपुरमा महाधिवेशन आयोजना गरेका थिए । 

नेपाली कांग्रेस केन्द्रीय नेतृत्वबाट हाललाई अधिवेशन स्थागित गर्न अनुरोध गरिएको जनाउँदै अध्यक्ष तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि पाँचौँ राष्ट्रिय महाधिवेशन स्थागित भएको जानकारी गराएका हुन् । 





  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार १६:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया