इन्डोनेसियाविरुद्ध अर्जेन्टिनाको सहज जित

फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियाविरुद्ध अर्जेन्टिनाले २–० को जित निकालेको छ । गएराति सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लिन्द्रो पारेडेस र क्रिस्टियन रोमेरोले समान एक गोल गरे । 

खेलको ३८ औँ मिनेटमा लिन्द्रोले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । ५५ औँ मिनेटमा रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए ।

मैत्रीपूर्ण खेलमै थाइल्याण्डले हङकङलाई १–० ले हरायो । यस्तै, जमैकाविरुद्ध जोर्डनले २–१ तथा फिलिपिन्सविरुद्ध चाइनिज ताइपेले ३–२ को जित निकाले । 
 






  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार ७:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया