नेपालको सीमा सुरक्षाको जिम्मा सेनालाई दिनुपर्छ : रघुवीर महासेठ

नेकपा (एमाले) का सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् ।  

शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । सांसद महासेठले पुराना हतियारहरूलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताए । उनले नेपाली सेनालाई आफूसँग सम्बन्धितबाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने बताए ।  

सांसद महासेठले सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नतर्फ परिचालन गर्नुपर्ने बताए ।  

‘सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नतर्फ परिचालन गर्नुपर्छ । नेपाली सेनालाई आधुनिकीकरण गर्नुपर्छ । उहाँहरूलाई उहाँहरूसँग सम्बन्धित उद्योग, व्यापार बाहेक अरू उद्योग व्यापारमा लगाउनु हुँदैन । पच्चिसौँ, पचासौँ वर्ष पुराना हतियारहरूलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरूलाई हतियारतिर पनि सरकारले ध्यान दिनुपर्छ । हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ,’ उनले भने, ‘पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौँ, कहीँकहीँ नापीका हाकिमहरू त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ भोलिपल्ट उठ्दा त उहाँ अरू देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही गरेँ उहाँहरूलाई थाहा हुँदैन ।’

सांसद महासेठले कारागारलाई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए ।  





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १७:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया