सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेता नर्भिक अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरू पुगेका छन् । प्रचण्ड जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका हुन् ।

पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, उपराष्ट्रपति रामशहाय यादवलगायतका नेताहरू अस्पताल पुगेका हुन् ।

दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू नेताहरूले सामाजिक सञ्जाल मार्फतपनि श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । 

६९ वर्षीया सीता दाहालको आज बिहान ८ : ३३ बजे उपचारका क्रममा निधन भएको थियो । अब उनको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । 





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार ११:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया