भारतको हिमाञ्चलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५५ पुग्यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

मृत्यु हुनेको अझै बढ्नसक्ने हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले बताएका छन् । हिमाञ्चल प्रदेशमा जुन २४ मा मनसुन सुरु भएदेखि नै भारी वर्षा भइरहेको छ जसले पहिरो, चट्याङका कारण ठूलो विनाश निम्त्याएको छ । 

सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोमा परेको थियो । जसमा ३० देखि ३५ जनाभित्र फसेको अनुमान गरिएको राष्ट्रिय प्रकोप प्रतिक्रिया बलका अधिकारी नफीस खानले बताएका छन् । 

घटनास्थलबाट ११ जनाको शव निकालिएको छ । खोजी कार्य जारी रहेको छ । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार ७:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया