‘गलत सूचना पत्रकारिताको पहिलो पाप’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पोप फ्रान्सिसले जनमतलाई प्रभावित पार्ने उद्देश्यले फैलाइएको ‘भ्रामक सूचना’ र भ्रामक समाचारलाई पत्रकारिताको प्रमुख अपराध को संज्ञा दिएका छन् ।

फ्रान्सिसले इटालियाली पत्रकारहरूलाई पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा भने, ‘गलत सूचना पत्रकारिताको पहिलो पाप र गल्ती हो ।’ 

एक समझदार सञ्चारक मानिने पोपको अङ्ग्रेजीमा अनुवादित अंशमा पोपले ‘पाप शब्दमा फर्केर सञ्चारमाध्यमको चार कुकर्महरूलाई सूचीबद्ध गर्नुभएको छ । 

‘गलत सूचना, जब पत्रकारिताले नराम्रो तरिकाले सूचित गर्दैन वा सूचित गर्दैनस निन्दा (कहिलेकाहीँ पत्रपत्रिकामा यो प्रयोग गरिन्छ) स मानहानि, जो निन्दा भन्दा फरक छ तर कसैको सम्मानलाई गर्दछस र चौथो भ्रष्टचारप्रति लालायित हुनु पत्रकारिताका प्रमुख चार गलत कार्य हुन् ।’

‘उदाहरणका लागि, जनमत निर्माण गर्नका लागि भ्रामक समाचार सम्प्रेषण गर्नेहरूको चलखेलप्रति म चिन्तित छु,’ उनले भने, ‘विशेषगरी युरोपले युक्रेनमा जारी युद्धसँग जुधिरहेको बेला जिम्मेवारीको पुनर्जागरण गर्न आग्रह गर्दछु ।’ 

उनले भने, ‘शान्तिको आवाजलाई स्थान दिन र अन्य द्वन्द्वजस्तै यस (युक्रेन युद्ध) लाई अन्त्य गर्न सबै पक्ष प्रतिबद्ध हुनेछन् भन्नेमा म विश्वस्त छु ।’



विश्वका १ अर्ब ३० करोड क्याथोलिक धर्मावलम्बीको सन् २०१३ मा प्रमुख बनेदेखि नै ८६ वर्षीय फ्रान्सिसले सञ्चारकर्मीसँग व्यापक अन्तरक्रिया गर्दै आएका छन् ।   

यसै वर्षको सुरुमा डिज्नी प्लस प्रसारण सेवामा ‘कन्भर्सेसन विथ द पोप’ नामक डकुमेन्ट्री सार्वजनिक गरिएको थियो ।  



  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार ६:५५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया