सभामुख घिमिरे भन्छन्- एमसीसी र बीआरआईबाट नेपालले लाभ लिन सक्नुपर्छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् ।  

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका हुन् ।  

सभामुख घिमिरेले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । उनले भौगोलिक विकटतका बाबजुद पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताए ।  

‘नेपालले यी दुई वटै प्रोग्रामबाट नेपाली जनताको हितमा कसरी जाने ? नेपाल राष्ट्रका राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी लिनसक्छ ? यो एउटा प्रतिष्पर्धात्मक अवस्थामा हामीले गम्भीरताका साथ लिनुपर्ने बेला आएको छ,’ सभामुख घिमिरेले भने, ‘एमसीसीको बारेमा धेरै चर्चाहरू चलिरहेका छन्, बीआरआईको बारेमा त्यस हिसाबको चर्चा नचले पनि हामीले बीआरआई प्रोग्रामलाई राष्ट्र र जनताको हितमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने बेला आएको छ ।’

उनले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको पनि बताए । सभामुख घिमिरेले पञ्चायती व्यवस्थालाई अन्त्य गरी अहिलेको लोकतान्त्रिक, संघीय सभावेशी संविधान ल्याएको र संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । 

उनले उत्पादनमा वृद्धि गरी देशको अर्थ व्यवस्था उच्च बनाउनुपर्नेमा पनि जोड दिए ।





  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार १३:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया