दिल्लीमा जी–२० सम्मेलन सुरु, रुसी र चिनियाँ राष्ट्रपति आएनन्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्


भारतको दिल्लीमा जी–२० सम्मेलन सुरु भएको छ ।

आज र भोलि दुई दिन चल्ने सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधि भारत आइपुगेका छन् । 

सम्मेलनको पहिलो दिन २० देशका प्रमुखहरु एकै ठाउँमा बसेर विश्वको वर्तमान अवस्था र भविष्यका बारेमा छलफल गर्नेछन् । विशेषगरी जलवायु परिर्वतन, खाद्य सुरक्षा र गरिब राष्ट्रका लागि सहायताबारे सम्मेलनमा छलफल हुने बिबिसीले जनाएको छ । 

कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यलाई स्वागत गरेका छन् ।
उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्यालाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

साथै उनले जी–२० सम्मेलनमा मोरक्कोमा गएको भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

जी–२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध छन् ।



सम्मेलनमा विश्वका दुई ठूला शक्ति राष्ट्र रुस र चीनका राष्ट्रपति भने उपस्थित भएका छैनन् । उनीहरुको तर्फबाट ती देशका प्रतिनिधिले सहभागिता जनाएका छन् । 



  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार १५:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया