ग्रीकमा आँधीपछिको बाढी : मृतकको संख्या १० पुग्यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ग्रीकमा बाढीका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि ग्रीकका प्रधानमन्त्री किरियाकोस मित्सेटाकिसले प्रभावित सबैलाई पूर्णरूपमा सहयोग गर्न निर्देशन दिए ।

ग्रीस नागरिक संरक्षण र जलवायु संकटमन्त्री भासिलिस किलियासाले बाढीबाट मृत्यु हुनेको संख्या १० पुगेको घोषणा गर्दै पीडितलाई तत्काल राहत र उद्धार गर्न आग्रह गरे ।

ग्रीकका मौसमविद्का अनुसार डेनियल भनेर चिनिने आँधीले सोमबारदेखि ग्रीकमा ठूलो क्षति पुर्याएको थियो । बाढीले घर, पुल, बाँध र सडक भत्काएको छ । तीन वर्षअघि पनि इयानोस आँधीका कारण धेरै क्षति भएको थियो । 





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार ११:५२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया