खार्तुम हवाई आक्रमणमा मृत्यु हुने व्यक्तिको संख्या ४० भन्दा बढी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सुडानको राजधानी खार्तुमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज’को कमाण्ड सम्हाल्ने उनका पूर्व डेपुटी मोहमद हमदान डग्लोबीच गत अप्रिलमा भएको युद्धमा आइतबार बिहान गरिएको आक्रमण सबैभन्दा घातक आक्रमण हो ।

‘स्थानीय समयअनुसार बिहान ७ः१५ बजे सैन्य विमानले कोउरो बजार क्षेत्रमा बमबारी गरेको थियो,’ स्थानीय प्रतिरोध समितिले भनेको छ ।

समितिले ३० जनाको मृत्यु भएको अघिल्लो संख्यालाई पुनरावलोकन गर्दै क्वोरो बजार नरसंहारका पीडितको संख्या दिउँसोसम्म ४० पुगेको पुष्टि गरेको छ । 

समितिले नजिकैको बसैर अस्पतालमा हताहत हुनेको संख्या बढ्दै गएकाले मृत्यु संख्या थप बढ्ने अनुमान गरिएको छ ।

अस्पतालले त्यस क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई ‘तत्काल अपिल’ जारी गर्दै ‘घाइतेको बढ्दो संख्या’को उपचारमा सहयोग गर्न आग्रह गरेको छ । 



सशस्त्र द्वन्द्व स्थान र घटना तथ्यांक परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ मा सुरु भएको युद्धमा करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ । घाइते र मारिएका मध्ये धेरै अस्पतालमा पुग्न नसकेको भन्दै मृत्यु हुने व्यक्तिको वास्तविक संख्या अझै धेरै रहेको अनुमान गरिएको छ ।

धेरै क्षेत्रहरूमा सहज आवतजावत (पहुँच) पूर्ण रूपमा विच्छेद भएको छ र युद्धरत पक्षहरूले आफ्नो क्षतिको घोषणा गरेका छैनन् ।



युद्ध सुरु भएको झण्डै पाँच महिना बितिसक्दा पनि कुनै पनि पक्षले निर्णायक फाइदा लिन सकेका छैनन् ।

  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १८:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया