विश्व इतिहासमा आज
११ सेप्टेम्बर अर्थात् अमेरिकी इतिहासको कालो दिन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

११ सेप्टेम्बर २००१ अर्थात् अमेरिकी इतिहासको कालो दिन । २२ वर्षअघि आजकै दिन अमेरिकामा आक्रमणकारीले यात्रुवाहक विमानलाई अपहरण गरी दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । जसमा सयौं मानिसले ज्यान गुमाए । 

आत्मघाती आक्रमणकारीले अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान अपहरण गरेको थियो । त्यसपति अपहरणकारीले ती विमानलाई नियन्त्रित मिसाइलको रूपमा न्यूयोर्क र वासिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काए । दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए ।

पहिलो विमान नर्थ टावरमा स्थानीय समयअनुसार बिहान ८ः४६ मिनेटमा ठोक्किएको थियो । दोस्रो विमान साउथ टावरमा स्थानीय समयअनुसार ९ः०३ मिनेटमा ठोक्काइएको थियो । दुई घण्टाभन्दा कम समयमा १ सय १० तले दुवै भवन ढलेर धुलोको विशाल मुस्लो र भग्नावशेषमा परिणत भए ।

विस्फोटपछि टावरमा दुई घण्टासम्म आगो लागेको थियो । ११० तले दुवै भवन ढलेर खरानी भए । ९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिङ्टनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा विस्फोट भएको थियो । 

अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुँदा विमान आकाशमै विस्फोट भएको थियो । ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजारजनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौँ डलर क्षति भएको थियो ।



साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको  अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए भने दुईजना यूएई, एकजना इजिप्सेली र अर्का लेबनानका थिए । 



हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस  प्रशासनले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो ।

आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो । अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । लादेनलाई सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले मारिदिएको थियो ।     

  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार १४:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया