सहजपुर-बोगटान सडक निर्माण अन्तिम चरणमा

सहजपुर–बोगटान सडक कालोपत्र गर्न सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । निर्माणाधीन सहजपुर–बोगटान सडकको भौतक प्रगति ९२ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । 

क्षेत्राधिकारको विवाद र चट्टानका कारण सडक निर्माण लम्बिएको आयोजना ठेकेदार कम्पनीका इन्जिनियर अशोक मल्लले बताए । उनले सडक निर्माणका लागि विभिन्न बाधा व्यवधानका कारण लम्बिँदै गएको जानकारी दिए । 

वि.सं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बढीकेदारसम्म ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । तर, सम्झौताको पाँच वर्षसम्म पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन ।

एक वर्षभित्र सडक निर्माणको सबै काम पूरा गर्ने निर्माण कम्पनीको दाबी छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो ।

सम्झौतानुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँ–बायाँ एक–एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नुपर्ने हो । तर निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाइएको छ ।

एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो सडक आयोजनाको सम्झौता रकम १ करोड ९६ लाख ९३ हजार ३ सय १२ अमेरिकी डलर रहेको जनाइएको छ । 



वि.सं २०४३ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको विपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ । रासस 



  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ११:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया