कर्णालीको मुख्य दुस्मन गरिबी : मुख्यमन्त्री शर्मा
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए ।  

‘हामीले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ, यो योजना हामीले सफल पारेरै छाड्ने छौँ’, मुख्यमन्त्री शर्माले भने ।

त्यसका लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उनले बताए । ‘हामी १० हजार युवालाई रोजगारी दिने कार्यको प्रक्रियामा छौँ, अनुदानमार्फत नभएर बिउपुँजीअन्तर्गत युवालाई रकम सहयोग गरेर उनीहरूको आयआर्जनमा सहयोग पुर्याउने योजनाका साथ प्रदेश सरकार लागेको छ’, मुख्यमन्त्री शर्माले भने ।

कर्णाली प्रदेशमा धेरै चुनौती रहेको भए पनि त्यो चुनौतीका माझ पनि सरकारले काम गर्ने उनले बताए ।  
 





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १४:१६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया