सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा विपद् व्यवस्थापनसम्बन्धी अधिस्नातक कोर्स सञ्चालन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सशस्त्र प्रहरी बलले मातातिर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा ‘सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लो’मा कोर्स सञ्चालन गरेको छ । आजदेखि उक्त कार्यक्रम सञ्चालन भएको हो । 

शैक्षिक कार्यक्रम प्रारम्भ भएको अवसरमा  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिक्षा प्राप्त गरेपछि दीक्षित समूहले संगठनको अवधारणाअनुसार सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व संकलन र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

 त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. कुसुम शाक्यले सशस्त्र प्रहरी बल नेपालले त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत  सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा थालनी गरेकोमा त्यसको सराहना गरिन् । 

सशस्त्र प्रहरी बलले सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री) कोर्स सञ्चालन गरिरहेको छ । दुई सेमेष्टरमा सञ्चालन हुने सो कोर्षमा ३४ सशस्त्र प्रहरी निरीक्षक सहभागी छन् ।  





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार २३:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया