सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैले ध्यान दिऔँ : प्रकाशमान सिंह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सार्वजनिक सम्पतिको संरक्षण सबैको दायित्व भएको बताएका छन् ।  

१६ दिनको लक्ष्मीनारायण व्रतको साङ्गे आरतीमा सहभागी भएका उनले सार्वजनिक सम्पत्तिको संरक्षण नगर्ने प्रवृत्ति नेपालीको रहेको पनि बताए । 

शुक्रबार सिनामंगल वडा ९ को लक्ष्मी नारायण मन्दिर मन्दिरको प्राङ्गणमा आयोजित आरतीमा सहभागी भएका उनले नेपालीहरूमा विकास निर्माण गर्नुपर्‍याे मात्र भन्ने र तर निर्माण गरिसकेको सार्वजनिक सम्पत्तिहरूको संरक्षण नगर्ने प्रवृत्ति रहेको भन्दै बासिन्दाहरूले  मन्दिरको प्राङ्गणलाई सफा सुगर राखेर भक्तजनहरू आउँदा आनन्द वातावरण तयार गर्नुपर्ने बताए । 

उनले भने, ‘हामी नेपाली विकास निर्माण गर्नुपर्‍याे त भन्छौँ । तर, निर्माण गरिसकेको कुरालाई संरक्षण गर्न स्थानीय बासिन्दाहरूको जुन भूमिका रहन्छ त्यसमा अलि सजग भएर यो मन्दिरको प्राङ्गणलाई सफा सुगर राखेर भक्तजनहरू आउँदामनलाई आनन्दहोस् भन्ने वातावरण सबैले तयार गर्नुपर्छ ।’ 

उनले मिलीजुली समाज र समुदाय अगाडि बढाउनुपर्छ भन्ने पुर्खाले दिएको महान सन्देशलाई अहिलेका पुस्ताले आउने पुस्तालाई सुम्पिन सक्रिय हुनुपर्ने धारणा राखे  । 
 





  • प्रकाशित मिति : असोज १९, २०८० शुक्रबार २०:५७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया