डब्लुएचओ क्षेत्रीय निर्देशकमा आचार्यलाई विजयी गराउन प्रभावकारी भूमिका खेल्ने सरोकारवालाको प्रतिबद्धता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका उम्मेद्वारलाई जिताउन आवश्यक भूमिका खेल्न सरोकारवालाले आग्रह गरेका छन् । 

नेपालको तर्फबाट उम्मेदवारी दिएका शम्भुप्रसाद आचार्यको समर्थनमा डाक्टर भगवान कोइरालादेखि राजनीतिक विश्लेषक, राजदूतदेखि स्वास्थ्य क्षेत्रका उच्च ओहदामा रहेका व्यक्तिले ऐक्यबद्धता जनाउँदै पारदर्शी निर्वाचन प्रक्रियाको माग गर्दै जितका लागि भूमिका खेल्न आग्रह गरेका हुन् । 

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी आचार्य दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदको सशक्त र उपयुक्त उम्मेदवार भएको भन्दै निर्वाचित गराउन ऐक्यबद्धतासहितको आह्वान गरेका हुन् । 

कार्यक्रममा नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा.नरेशप्रताप केसीले डब्लुएचओमा नेपालीको प्रतिनिधित्व एकदमै न्यून रहेको अवस्थामा आचार्यको प्रतिनिधित्वले नेपालको स्वास्थ्य क्षेत्रमा एकदमै महत्वपूर्ण भूमिका खेल्ने बताए । 

उनले नातावाद र कृपावादलाई अन्त्य गर्नुपर्ने बेला आएको भन्दै आचार्यको पक्षमा विश्वका चर्चित मिडिया ल्यानसेटदेखि उच्च व्यक्तिसमेत रहेको उल्लेख गरे । 

उनले भने, ‘निर्वाचनबाट प्रतिस्पर्धी मान्छे आउनुपर्छ । अर्को शब्दमा भन्ने हो भने नातावाद र कृपावाद नेपालमा मात्र होइन इन्डिया र बंगलादेशमा पनि हुन्छ, त्योचाहिँ अब अन्त्य गर्ने बेला आयो कि भनेर विश्वका चर्चित मिडियामा समेत लेखिएको छ ।’



मिडियाकर्मी कनकमणि दीक्षितले आचार्यको पक्षमा समर्थन जुटाउने दिनुपर्ने जति टेवा र बल नदिएको बताए । ‘सरकारले दिनुपर्ने जति टेवा र बल दिइरहेको छैन, यसमा ढिला भइसकेको छैन, नेपाली मात्र भएर होइन कि दक्षिण एसियाली भएर के गर्न सक्छौँ हामीले गर्नुपर्छ ।’ 

क्षेत्रीय निर्देशकका लागि नेपालको उम्मेदवारलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय स्तरमा काम गरेका तथा नेपालका स्वास्थ्य क्षेत्रमा उच्च पदमा रहेका र विभिन्न क्षेत्रका व्यक्तिले आचार्यको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरेका छन् ।



जारी वक्तव्यमा दुई उम्मेदवारमध्ये आचार्य उपयुक्त उम्मेदवार भएको उल्लेख गर्दै भनिएको छ, ‘यस पदका लागि मनोनयन गरिएका दुई उम्मेदवारमध्ये डा. आचार्य उपयुक्त हुने कुरा हामीलाई स्पष्ट छ । उहाँसँग धेरै बलियो सार्वजनिक स्वास्थ्य पृष्ठभूमि छ र विश्वव्यापी स्वास्थ्य समस्याको सामना गर्न व्यापक नेतृत्व अनुभव छ ।’

डा. आचार्यसँग जनस्वास्थ्यमा पिएचडी, स्वास्थ्य नीति र विश्वव्यापी रूपमा प्रसिद्ध विश्वविद्यालयबाट योजनामा विशेषज्ञता हासिल गरेको निर्दोष प्रमाण छन्। सामाजिक नीतिमा ध्यान केन्द्रित समाजशास्त्रमा मास्टर्स; र सार्वजनिक वित्त र रणनीतिक व्यवस्थापनमा एमबिए गरेका छन् । आचार्यले हाम्रो क्षेत्रको जनस्वास्थ्य र चिकित्सा चुनौती नजिकबाट जान्ने उनले बताए । 

पूर्वराजदूत नीलाम्बर आचार्य, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, परिवार नियोजन संघका कार्यवाहक अध्यक्ष डा. नरेश केसी, समाज पब्लिक हेल्थ इन नेपाल (सोफिन), प्रा.डा. मधु दीक्षितलगायत स्वास्थ्यक्षेत्रका विज्ञहरुले आचार्यको पक्षको उम्मेद्वारीमा ऐक्यबद्धता जनाएका छन्। 

  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १९:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया