विश्व मानसिक स्वस्थ दिवस मनाइँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्व मानसिक स्वस्थ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पछिल्लो समय मानिसमा तनाव, सीमा, तुलना, संयम अनि हीनताबोध धेरै मात्रामा देख्न सकिन्छ । जसले गर्दा व्यक्ति हाँस्न ,रमाउन र बाँच्न नै बिर्सिन्छ । 

कतिपय व्यक्तिहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यो समस्या दिनानुदिन बढ्दै गएको छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकाङ्क्षाका कारणले मानिसमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्यालगायत समस्या बढिरहेका छन् ।

मानसिक स्वास्थ्यलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दा, समस्या अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ ।

स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई विशेष गरी तीन चरणमा विभाजन गरिन्छ । यसको पहिलो, दोस्रो र तेस्रो चरण हुन्छ । तर, यी सबै चरणका मानसिक रोगीहरू परामर्श तथा औषधि सेवनबाट निको भने हुन्छन् ।

बढी एकान्त रुचाउने, मन स्थिर नहुने, मनको भँडासलाई कराएर निकाल्न मन लाग्नु मानसिक स्वास्थ्य समस्याको केही लक्षण हुन् । बढी तनाव दिनले पनि मानसिक समस्या हुनसक्छ ।





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार ८:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया