चिनियाँ र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता, गाजा संकटबारे चिन्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्यालेस्टाइन–इजरायल बीचको बिग्रँदो अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।
  
उनीहरूले त्यहाँको अवस्था थप बिग्रनबाट जोगिनका लागि विशेष गरी थप गम्भीर मानवीय संकट बढ्न नदिन सचेत हुन आग्रह गरेका छन् । 
 
दुई राष्ट्र प्रमुखहरूले टेलिफोन कुराकानीमा  प्यालेस्टाइन–इजरायली द्वन्द्व समाधान गर्न दुई राज्य समाधान नै आधारभूत उपाय र उत्तम विकल्प रहेको औँल्याएका छन् । 

भेटमा चिनियाँ राष्ट्रपति सीले चीन–फ्रान्स मित्रतालाई अगाडि बढाउन र सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आह्वान गरेका छन् । 

सन् २०२४ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाइँदै गर्दाको पूर्वसन्ध्यामा दुवै पक्षले इतिहासका विभिन्न कालखण्डका आवश्यकतालाई बुझेर मौलिक नियतमा अडिग रहनुपर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउनुपर्ने राष्ट्रपति सीको धारणा छ ।

समकक्षी म्याक्रोनसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले चीन–फ्रान्स सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्ने धारणा व्यक्त गरेका हुन् । 

राष्ट्रपति सीले चिनियाँ बजारमा फ्रान्सेली उत्पादनको बढ्दो  अवस्थामा रहेकोमा चीन खुसी रहेको भन्दै चीनमा फ्रान्सेली उद्यमहरूको थप लगानीलाई स्वागत गर्ने बताएका छन् । 

टेलिफोन वार्तामा उनले फ्रान्समा चिनियाँ उद्यमहरूको लगानीका लागि फ्रान्सले निष्पक्ष र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराउने आशा पनि चीनले लिएको उल्लेख गरे । 





  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार २१:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया