टिकटक खुलाउन सर्वोच्चले दिएन आदेश, कारण देखाउ आदेश मात्रै जारी

टिकटकमाथि बन्देज लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ भएको छ । 

सर्वोच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश जारी गर्न अस्वीकार गरेको छ। 

न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइँटेलसहितले १३ जनाले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १७:४२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया