वेस्ट इण्डिजले इंग्ल्याण्डलाई हरायो, कप्तान होपको सानदार शतक

इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल घरेलु टोली वेस्ट इण्डिजले ४ विकेटले जितेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको ३ सय २६ रनको लक्ष्य वेस्ट इण्डिजले ४८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान साई होपले शतकीय इनिङ खेले । ८३ बलको सामना गरेका उनले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ८३ रन बनाए । एकदिवसीय करियरमा होपको यो १६औँ शतक हो ।  

योसँगै उनले एकदिवसीय करियरमा ५ हजार रन पनि पूरा गरेका छन् । यस्तै, एलिक एथेनाजेले ६६, रोमारियो सेफर्डले ४८, ब्रेण्डन किंगले ३५, शिमरोन हेटमायरले ३२ र केसी कार्टीले १६ रनको योगदान दिए । इंग्ल्याण्डका लागि गस एटकिन्सन र रेहान अहमदले दुई/दुई तथा ब्रायडन कार्से र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए ।

त्यसअघि एन्टिगुआस्थित सर भिभियन रिचर्ड्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्ड निर्धारित ५० ओभरमा ३ सय २५ रनमा अलआउट भयो ।



उसका लागि ह्यारी ब्रुकले ७१, ज्याक क्रलीले ४८, फिल साल्टले ४५, साम करनले ३८, ब्रायडन कार्सेले अविजित ३१, विल ज्याक्सले २४, बेन डकेटले २०, लियाम लिभिङस्टोनले १७ र रेहान अहमदले १२ रन बनाए । 

कप्तान जोस बटलर भने तीन रनमै आउट भए । वेस्ट इण्डिजका लागि गुडोकेश मोती, रोमारियो सेफर्ड र ओसेन थोमसले दुई/दुई तथा यानिक करिया र अल्जारी जोसेफले एक/एक विकेट लिए ।



यो जितपछि तीन खेलको सिरिजमा वेस्ट इण्डिजले २–० को अग्रता लिएको छ । वेस्ट इण्डिज र इंग्ल्याण्डबीचको तेस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।  


  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार ७:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया