एड्स महामारीको रहस्य खुलासा गर्ने डाक्टर याओजीको निधन

चीनकी एक स्त्रीरोग विशेषज्ञ तथा एजआईभी एड्सको महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टरमध्येकी एक गाओ याओजीको निधन भएको छ । 
डा. गाओको न्यूयोकमा आइतबार ९५ वर्षको उमेरमा प्राकृतिक कारणले निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी सन् २००९ देखि न्यूयोर्कमा निर्वासनमा थिइन् । 

देशको ग्रामीण क्षेत्रमा एड्सको महामारीविरुद्ध अभियान फैलाएर निर्मूल गर्न सफल याओजीले चीनमा रगत बेच्ने व्यवसायीले ग्रामीण क्षेत्रमा एचआईभी फैलाएको खुलासा गरेको गरेकी थिइन् ।  

रगत दान गर्नेहरूले जीविकोपार्जनका लागि रगत बेच्ने गरिब किसान समुदायलाई एचआईभी पोजिटिभ बिरामीबाट रगत पनि दिने गरिएको तथ्य उनले सार्वजनिक गरेकी थिइन् ।

त्यतिबेला एड्सबारे चेतना धेरै थिएन । चिनियाँ अधिकारीले एचआईभी यौन सम्पर्क वा गर्भावस्थामा आमाबाट बच्चामा मात्र सर्ने विश्वास गर्थे । डा. याओजीले एड्स रोगीलाई भेटे जो कुनै पनि श्रेणीमा परेनन् तर रक्तक्षेपणमार्फत रगत प्राप्त गरेका थिए ।

वर्षौँपछि सन् २०१० मा याओजीले एड्स जस्ता रोगहरू फैलिने खतराको बाबजुद चीनमा अवैधरूपमा रगत बिक्री गर्ने अभ्यास भइरहेको दाबी गरेकी थिइन् । 

‘यो देशव्यापी छ, जताततै छ । मैले आफ्नै आँखाले सबै देखेकी छु । रगत बिक्री अवैध छ, विगतमा यो खुला र सार्वजनिक थियो । अब यो भूमिगत छ,’ उनको दावी थियो । 



गाओ याओजीले कसरी एड्स फैलाउन चिनियाँ अधिकारीको उदासीनता उजागर गर्न सफल भएकी थिइन् । 



  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १०:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया