निर्वाचनअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफलाई भ्रष्टाचारको मुद्दामा जमानत
फाइल तस्बिर

पाकिस्तानको उच्च अदालतले मंगलबार पूर्वप्रधानमन्त्री नवाज शरिफको स्वनिर्वासनबाट फर्किएपछि दोस्रोपटक भ्रष्टाचारको सजायलाई खारेज गरेको छ । कारागारको सजाय भोगेर र राजनीतिबाट जीवनभरका लागि अयोग्य ठहरिएपछि उनी चार वर्षअघि बेलायतमा उपचार गर्नका लागि मुलुक छाडेका थिए ।

नवाज आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उनको पाकिस्तान मुस्लिम लिग (नवाज) पिएमएल–एनको नेतृत्व गर्नका लागि अक्टोबरमा पाकिस्तान फर्किएका थिउ । अपिलको सुनुवाइभन्दा अघि उनलाई भ्रष्टाचारका धेरै मुद्दामा जमानत दिइएको छ ।  

इस्लामाबाद उच्च अदालतको फैसला पुष्टि गर्दै उनका भाइ तथा पूर्वप्रधानमन्त्री शहबाज शरिफले भने, ‘बहालवाला प्रधानमन्त्रीलाई अयोग्य ठहर गर्नका लागि बनाइएको छलका मुद्दाहरू अन्ततः समाप्त हुँदै छन् ।’ 

मुद्दा स्टिल कम्पनीहरूमा लगानीसँग सम्बन्धित हो । सोही अदालतले गत महिना नवाजलाई उनको परिवारले लन्डनमा महङ्गो फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा सफाइ दिएको थियो । आफ्नो आम्दानीको केही भागको घोषणा गर्न असफल भएकाले नवाजलाई अन्तिम पटक सन् २०१७ मा सर्वोच्च अदालतले पदबाट हटाउँदै राजनीतिबाट प्रतिबन्ध लगाएको थियो । 

यस वर्षको प्रारम्भमा शहबाज नेतृत्वको सरकारले सांसदहरूलाई अदालतबाट अयोग्य ठहराउने कानुन पारित गरेको थियो । उक्त कानुनमा सांसदहरू पाँच वर्षसम्म मात्र अयोग्य ठहरिने व्यवस्था रहेको छ । यसबाट नवाजको फिर्तीको बाटो प्रशस्त भयो । 

पिएमएल–एनका वरिष्ठ पदाधिकारी ख्वाजा आसिफले नवाजविरुद्ध अब कुनै मुद्दा नभएको भन्दै मङ्गलबार सफाइ पाएपछि जनतामा उनको ‘प्रतिष्ठा पुनःस्थापित’ हुने बताए । ‘जब मानिसहरू मतपेटिकामा जाँदा आजको निर्णयले धेरै फरक पार्नेछ’, उनले भने ।  





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार ७:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया