मेस्सीको विश्वकप जर्सी ६१ लाख पाउन्डमा बिक्री
फाइल तस्बिर

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२२ मा लगाएको जर्सी ६.१ मिलियन पाउन्डमा बिक्री भएको छ । न्युयोर्कमा भएको लिलामीमा उनले विश्वकपका लगाएका ६ वटा जर्सी संयुक्तरूपमा सो रकममा बिक्री भएको हो ।  

कतार विश्वकपमा मेस्सीले सात खेल खेलेका थिए । जसमध्ये समूह चरणको एक खेलमा उनले अष्ट्रेलियाका क्यामी डेभलिनसँग जर्सी साटेका थिए । बाँकी खेलमा लगाएको उनको जर्सी बिक्री भएको हो । 

अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै विश्वकप उपाधि जितेको थियो ।  





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार १६:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया