पाकिस्तानको कराँचीमा सिलिण्डर विस्फोट : तीनको मृत्यु, १२ जना गम्भीर घाइते

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा भवनमा सोमबार ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । साथै अन्य १२ जना गम्भीर घाइते भएको उद्धार सेवाले जनाएको छ । 

उद्धार संस्था ईधी फाउन्डेसनका एक अधिकारी सलमान नसीरले बताएअनुसार माछार कोलोनी क्षेत्रमा नयाँ ग्यास सिलिण्डर दुईतले आवासीय भवनमुनि रहेको सिलिण्डरको पसलमा सार्नेक्रममा दुर्घटना भएको हो । 

विस्फोटलगत्तै भवन अचानक भग्नावशेषमा परिणत भएको थियो । स्थानीयले तत्काल दुर्घटनास्थलमा फसेका मानिसहरूलाई उद्धार गरेको र उद्धारकर्मीले १५ जनालाई बाहिर निकालेको बताइएको छ ।





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार ११:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया