जनताले देशको बागडोर एमालेको हातमा सुम्पिन चाहेका छन्, अब नेतृत्व गर्न अगाडि बढ्छौँ : विष्णु पौडेल
फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेको बताएका छन् । 

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन सत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने आम जनताको चाहना रहेको आफूहरूले पाएको उपाध्यक्ष पौडेलले दाबी गरे । 

‘अब हामीले जनतामा रहेको यो एमालेप्रतिको विश्वासलाई, एमालेप्रतिको यो भरोसालाई एमालेको महत्त्वपूर्ण पुँजीको रूपमा ग्रहण गर्न चाहन्छौँ,’ उनले भने, ‘यस क्रममा जनताले, विभिन्न संघ, संस्थाहरूले, राजनीतिक दलहरूले दिएको सुझावहरूलाई हामी टेबलमा राखेर विश्लेषण गर्नेछौँ । र हाम्रा आउने दिनका निर्णयहरूमा यस क्रममा प्राप्त भएका सुझावहरू, अनुभवहरूलाई  नयाँ ढंगले सूचिकृत गरेर ती सुझावहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामी प्लानिङ गरेर अघि बढ्ने छौँ ।’

कुराकानीको क्रममा उनले आम जनताले आफूहरूको यात्राको क्रममा एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास गरेको जिकिर गर्दै त्यसलाई महत्त्वपूर्ण पुँजीको रूपमा ग्रहण गरेर अघि बढ्ने बताए । देशलाई सुःख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमालेको विकल्प नभएको पनि यात्राको क्रममा अनुभूति भएको उपाध्यक्ष पौडेलको भनाई थियो । उनले पार्टी अध्यक्ष ओलीप्रति देशभरका सबै उमेर समूहका मानिसहरूको असाधारण आकर्षण रहेको पनि बताए । 

उनले भने, ‘सबै जनसमुदायमा नेकपा एमालेप्रति असाधारण अपेक्षा, भरोसा र आकर्षण रहेको हामीले पायौँ । र, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति सबै उमेर समूहका वृद्धवृद्धाहरू, वयस्क नागरिकहरू, युवा युवतीहरू, किशोरकिशोरीहरू र बालबालिकाहरू सबै उमेर समूहका मानिसहरूमा असाधारण आकर्षण छ । 





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार ११:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया