इजरायली जहाजलाई प्रतिबन्ध लगाउने मलेसियाको घोषणा

मलेसियाले आफ्ना बन्दरगाहमा इजरायलको स्वामित्वमा रहेका जहाजलाई प्रतिबन्ध लगाएको छ । 

इजरायल र प्यालेस्टाइनी समूह हमास युद्धका कारण मलेसिया सरकारले इजरायलको स्वामित्वमा रहेका र इजरायलको झण्डा फहराइएका जहाजहरू र इजरायलका लागि जाने अन्य सबै जहाजलाई आफ्ना बन्दरगाहमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले इजरायलले प्यालेस्टाइनविरुद्ध मानवीय सिद्धान्तविपरीत लगातार आक्रमण गरेको र अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन गरेकाले जहाजहरूलाई प्रतिबन्ध लगाइएको बताएका छन् । 

मलेसिया, मुस्लिम बाहुल्य देश, प्यालेस्टिनी जनताको पक्षमा वकालत गर्दै आएको छ । मलेसियाले अहिलेसम्म इजरायललाई देशको मान्यता नै दिएको छैन ।

अक्टोबरमा हमास आतंककारीले इजरायलमा गरेको हमलापछि इजरायली सेनाले गाजामा लगातार आक्रमण गरिरहेको छ । हालै, इजरायली सेनाले गाजामा बमबारी गरेपछि त्यहाँका मानिसहरूले मलेसियाली प्रधानमन्त्रीलाई दबाब दिन र्‍याली निकालेका थिए ।

मलेसियाली राहदानीमा ‘इजरायलबाहेक सबै देशका लागि मान्य’ भन्ने स्पष्ट उल्लेख छ । इजरायली नागरिकलाई बिना अनुमति मलेसिया प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । 



मलेसिया सरकारले सन् २००५ देखि इजरायलमा दर्ता भएका कम्पनी र जहाजलाई मलेसियामा अनुमति दिएको घोषणा गरे पनि अहिले वर्तमान सरकारले अघिल्लो मन्त्रिपरिषद्को यो निर्णयलाई उल्टाउँदै मलेसियाका बन्दरगाहबाट इजरायली जहाजलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 



  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार ७:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया