पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन

पाकिस्तानका पूर्वअर्थमन्त्री सरताज अजीजको ९५ वर्षको उमेरमा निधन भएको छ । पीएमएल–एनले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै सरताज अजिजको मंगलबार निधन भएको पुष्टि गरेको हो ।

पूर्वप्रधानमन्त्री शाहिद शकन अब्बासीले पाकिस्तानमा अजिजको उल्लेख्य योगदान रहेको बताएका छन् । सरकारी रेडियो पाकिस्तानका अनुसार अजीज आर्थिक नीतिहरू बनाउन र पाकिस्तानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका मध्य एक नेता हुन् । 

पीएमएल–एनका महासचिव अहसान इकबालले अजिज राष्ट्रका लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।

कार्यवाहक प्रधानमन्त्री अनवरुल हक कक्कडले पूर्वअर्थमन्त्रीको कामको प्रशंसा गर्दै उनलाई राष्ट्रको सम्पत्ति भएको बताएका छन् ।





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १३:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया