चिनियाँ बिवाइडी बन्यो सर्वाधिक बिक्री हुने विद्युतीय कार

चिनियाँ कम्पनी बिल्ड योर ड्रीम्स (बिवाइडी) विद्युतीय कारको बिक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी बनेको छ । 

कम्पनीले अमेरिकी व्यापारी एलन मस्कको टेस्लालाई पछि पारेको हो । पछिल्लो बिक्री तथ्यांक अनुसार, बीवाइडीले २०२३ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा विश्व बजारमा पाँच लाख २६ हजार ४ सय ९ विद्युतीय कार बेचेको छ । 

यस अवधिमा टेस्लाको लाख ८४ लाख ५ सय ७ इभी विक्री भएका छन् । यस अवधिमा, टेस्ला बिक्रीको हिसाबले मात्र नभई इभी (इलेक्ट्रिक भेइकल) उत्पादनको हिसाबले पनि बीवाइडी भन्दा पछाडि परेको छ । 

बीवाइडीले प्लग–इन हाइब्रिड विद्युतीय सवारी साधनहरूमा पनि सफलता हासिल गरेको छ । शेन्जेन, चीनमा आधारित कम्पनी बीवाइडीले चीन र युरोपमा खण्डमा टेस्लासँग कडा प्रतिस्पर्धा गरे पनि अमेरिकी बजारमा भने प्रवेश गरेको छैन । 

नेपालमा भने पछिल्लो समय इभी गाडीको संख्या बढ्दै गएको छ । सन् २०२२ को अक्टोबरमा बीवाइडी नेपालमा लन्च भएको थियो ।  





  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार ७:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया