प्रश्नपत्र बाहिरिएपछि आजपनि प्रदेश २ काे एसइई स्थगित

 प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि एसईईअन्तर्गत आज हुने सामाजिक अध्ययन विषयकाे परीक्षा पनि रद्द भएकाे छ । 

बिहीबार राति प्रश्नपत्र बाहिरिएकाे पाइएकाले राष्ट्रिय परीक्षा बोर्डले आज निर्णय गरेर नियमिततर्फको परीक्षा स्थगित गरेकाे शिक्षा निर्देशनलायले जानकारी दिएकाे छ । 

निर्देशनालयका अनुसार नियमिततर्फको परीक्षा रद्द भए पनि ग्रेड वृद्धि र प्राविधिक तर्फको परीक्षा भने संचालन गरिने भएको छ । स्थगित गरिएकाे परीक्षा चैत २३ गते सञ्चालन हुनेछ ।

यसअघि बिहीबार भएको विज्ञान विषयको परिक्षाको पनि प्रश्नपत्र सप्तरीबाट आउट भएपछि प्रदेश दुईको परीक्षा रद्द गरिएको थियो ।

प्रश्नपत्र कसले कसरी आउट गरायो भन्ने अहिलेसम्म खुलेको छैन ।






  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार ९:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया