नामिबियाविरुद्ध १ सय रन जोड्न नपाउँदै नेपालको सात विकेट पतन

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ । नेपालले सातौं विकेटको रूपमा  भीम सार्कीलाई गुमाएको हो । उनी २७.४ ओभरमा ४८ रनमा आउट भए । उनलाई नामिबियाका कप्तान जेरार्ड इरास्मसले एल्बीडब्लू धरापमा पारे ।  

नेपालले छैटौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमायो । उनलाई पनि कप्तान जेरार्ड इरास्मसले आउट गराए । नेपालले पाँचौं विकेटको रूपमा कुशल मल्ललाई १९.५ ओभरमा १५ रनमा गुमायो । कुशललाई पनि इरास्मसले क्याच आउट गराए । नेपालले चौथो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । उनी ९.३ ओभरमा १३ बलमा एक रनमा बोल्ड आउट भए ।  

रोहितलाई ज्याक ब्रासेलले आउट गरे । नेपालले तेस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो । उनी ३.५ ओभरमा ४ रनमै आउट भए । आसिफलाई १८ वर्षीय युवा तीव्र गतिका बलर ज्याक ब्रासेलले क्याच आउट गराए । नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो । 

उनी ३.१ ओभरमा व्यक्तिगत ८ रनमा एल्बीडब्लू आउट भए । अनिललाई पनि रुबेन ट्रम्पलम्यानले पवेलिएन फर्काए । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई पहिलो बलमै गुमायो । उनलाई पनि रुबेन ट्रम्पलम्यानले शून्यमै क्याच आउट गराए ।  

नामिबियाविरुद्ध ओपनिङ ब्याटरको जिम्मेवारी कुशल र आसिफ शेखले पाए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म २८ ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको छ ।  





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार ११:३४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया