नामिबियाविरुद्ध ललितले दिलाए नेपाललाई पहिलो सफलता
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा नामिबियाले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेट गुमाउनेक्रममा निकोलास डेभिनलाई १५ रनमा गुमाएको हो । 

उनलाई ५.३ ओभरमा स्पिनर ललितनारायण राजवंशीले क्याच आउट गराए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१.१ ओभरमा १ सय ३२ रन बनायो । नेपालका लागि भीम सार्कीले ८६ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४४ रन बनाए ।  

यस्तै, कुशल भुर्तेल शून्य, अनिल साह ८, आसिफ शेख चार, कप्तान रोहित पौडेल एक, भीम सार्की ४४, कुशल मल्ल १५, सोमपाल कामी दुई, गुलशन झा २१, पवन सर्राफ १२ र करण केसी १६ रनमा आउट भए ।

नामिबियाका लागि जेर्हार्ड इरास्मसले पाँच, ज्याक ब्रासवेल, रुबेन ट्रम्पलम्यानले दुई–दुई र जन निकोल लोफ्टी–इटनले एक विकेट लिए ।    





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १३:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया