केपी ओली एफसीले चर्च ब्वाइजलाई ३–० ले हरायो

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब ‘केपी ओली एफसी’सँग पराजित भएको छ ।  

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले हराएको हो । केपी ओली एफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफनाले एक गोल गरे ।

खेलको ५८औँ मिनेटमा फोफनाले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६८औँ मिनेटमा गुरुङले आफ्नो पहिलो तथा खेलको ८०औँ मिनेटमा दोस्रो गोल गर्दै केपी ओली एफसीलाई ३–० गोलले जित दिलाएका थिए । 

नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार २१:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया