२३ फागुन, २०८२ शनिबार
March 7, 2026

टिआरसी चाँडै नटुंग्याए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले संक्रमणकालीन न्याय प्रक्रिया (टिआरसी) शीघ्र टुंगोमा पुर्याउन माग गरेका छन् । 

डा. केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्वकालमा भएका मानवताविरोधी जघन्य अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा नपुर्याए कडा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । 



आमजनतासँग जोडिएका माग तुरुन्त पूरा गर्न सुझाब दिँदै उनले यसअघि भएका सम्झौतासमेत कार्यान्वयन गर्न माग गरेका छन् । 

यस्तो छ डा. केसीको विज्ञप्ति 



आमजनतासँग जोडिएका हाम्रा माग तुरुन्त पूरा गर्न पुनः आह्वान गरिन्छ । अन्यथा सत्याग्रहलगायतका विभिन्न सशक्त एवं दबाबमूलक कार्यक्रम गर्न बाध्य हुनेछौँ भन्ने जानकारी गराउन चाहन्छौँ ।

मागहरुः

१) सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।

२) भेला हुने र प्रदर्शन गर्न पाउने संविधान प्रदत्त नागरिक अधिकार तत्काल फिर्ता गरियोस् ।



३) यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस् ।

– हामीसित सम्झौता भएबमोजिम गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउयोस् । चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पुर्याइयोस् । जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि इलाम, उदयपुर र डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोलियोस् । 
–१०० शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम हरु शुरु गरियोस् – विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागवण्डाको अन्त गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नका लागि मापदण्डसहित उच्च शिक्षा ऐन तत्काल जारी गरियोस् ।
– एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गरियोस्।
 – सरकारी अस्पतालहरुमा आवश्यक दरबन्दी थप गरियोस् ।

५) औषधि उपचार निशुल्क गरियोस् । 

६) निजी क्षेत्रबाट संचालित अस्पताल, शिक्षण अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा कार्यरत डाक्टर र नर्स लगायत सबै तहका स्वास्थ्य कर्मीको न्युनतम तलब–सुविधा सरकारी संस्थामा कार्यरत डाक्टर र नर्स लगायतका स्वास्थ्यकर्मी सरह गर्न विधेयक बनाई लागू गरियोस् ।

प्रा.डा.गोविन्द केसी 
१६ फागुन, २०८०

  • प्रकाशित मिति : १६ फागुन, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया