वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा आजदेखि सेवा निवृत्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उनले सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । 
 
न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले आज बिदाइ गरे । न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गरेका थिए । सरकारी वकिल समूहबाट न्यायाधीश बनेका उनी ०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । 

सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशका रुपमा खतिवडाले ०८० साउन २१ गतेदेखि काम सुरु गरेका थिए । उनले वरिष्ठतम न्यायाधीशको हैसियतमा न्याय परिषद् सदस्यको जिम्मेवारी समेत निर्वाह गरेका थिए । 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार २३:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया