एक सातामै आत्तिए सामान्य प्रशासनमन्त्री, भन्छन्– स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले तीन तहको सरकारमध्ये जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय स्थानीय सरकार भएकाले नगरपालिका तथा गाउँपालिकाहरु थप जिम्मेवार हुनुपर्ने बताएका छन् ।
 
मंगलबार नेपाल नगरपालिका संघको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले स्थानीय तहका प्रमुखहरुको हाकिमका लागि सिंहदरबार कुदेरै कार्यकाल पूरा गर्ने गरेको उल्लेख गर्दै संघीय संघीय निजामती ऐन बनेमा यसको समाधान हुने बताए ।
 
उनले भने, ‘अहिले हामी स्थानीय तहलाई केही निर्देशन दिन सक्ने अवस्थामा हामी पनि छैनौँ । अहिलेसम्म एउटा ऐन ल्याउन सकेका छैनौँ । संघ र प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था त बेहाल थियो नै सात सय ५३ वटै स्थानीय तहका पालिका प्रमुख, उपप्रमुखहरुलाई विकास निर्माणभन्दा कर्मचारीलाई कसरी ल्याउने व्यवस्थापन गर्ने भन्नेमा मात्र ध्यान जाँदो रैछ । सिंहदरबार कुदेरै कार्यकाल सक्ने पनि छन् । संघीय निजामति ऐन सदनमा दर्ता भइसकेको छ । त्यो पास भएपछि अधिकांश समस्या समाधान भएर जानेछन् ।’ 

पहिलेको सरकारले पेस गरेका विधेयक र सुरु गरेका काम अहिले आफ्नो पोल्टामा आएको भन्दै मन्त्री जोशीले आफू जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाए । 

मन्त्री जोशीले कोरोनाको प्रकोप फैलिरहेको बेलामा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै थप जिम्मेवार भएर लाग्न प्रतिनिधि संघहरुलाई आग्रह गरे । 





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार २०:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया