पूर्वप्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको निधन

लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको निधन भएको छ। यादवको ७० वर्षको उमेरमा मंगलबार घरमै निधन भएको हो । 

सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आएका यादवलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।

यादवको दाहसंस्कार भने बुधबार गरिने पारिवारिक स्रोतले जनाएको छ। यादव पुराना कम्युनिस्ट नेता मानिन्छन्।

स्थायी शिक्षकबाट राजीनामा दिएर यादव ०४८ साल र ०५१ सालको निर्वाचनमा नेकपा एमालेबाट लडेका थिए। यद्यपि उनी पराजित भएका थिए । 





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार २२:२२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया