उपनिर्वाचन : इलाममा २० र बझाङमा १९ दल दर्ता (विवरणसहित)

आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन् । 

निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको जानकारी दिए । 

यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको उनले जानकारी दिए ।

 

मिति : २०८०।१२।५




प्रेस विज्ञप्ति
उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता, दर्ताक्रम निर्धारण र चिन्ह वितरण सम्बन्धमा
    संवत् २०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा राजनीतिक दलको रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १५ मा भएको कानूनी व्यवस्था बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा देहाय बमोजिमका २० (बीस) वटा र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा देहाय बमोजिमका १९ (उन्नाइस) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम (१) को अनुसूची–१२ बमोजिम निर्वाचन प्रयोजनको लागि आयोगको मिति २०८०।१२।४ को निर्णय बमोजिम दर्ता गरिएको छ । यसरी दर्ता भएका राजनीतिक दलहरुलाई आयोगबाट निर्वाचन चिन्ह प्रदान गरी निर्वाचन चिन्हको क्रम निर्धारण समेत गरिएको छ । 

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु



क्र.सं.    राजनीतिक दलको  नाम
१    मंगोल नेशनल अर्गनाइजेशन
२    नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)
३    नेपाल मजदुर किसान पार्टी
४    राष्ट्रिय जनमुक्ति पार्टी
५    जनमत पार्टी
६    नेपाली काँग्रेस
७    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च
९    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१०    नेपाली जनता दल
११    राष्ट्रिय स्वतन्त्र पार्टी
१२    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१३    राष्ट्रिय प्रजातन्त्र पार्टी 
१४    जनता समाजवादी पार्टी, नेपाल
१५    बहुजन शक्ति पार्टी
१६    आम जनता पार्टी
१७    नेशनल रिपब्लिक नेपाल
१८    नेपाल समाजवादी पार्टी
१९    राष्ट्रिय मातृभूमि पार्टी
२०    राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

 

प्रदेश सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु
क्र.सं.    राजनीतिक दलको  नाम
१    मंगोल नेशनल अर्गनाइजेशन
२    नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)
३    नेपाल मजदुर किसान पार्टी
४    राष्ट्रिय जनमुक्ति पार्टी
५    जनमत पार्टी
६    नेपाली काँग्रेस
७    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च
९    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१०    नेपाली जनता दल
११    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१२    राष्ट्रिय प्रजातन्त्र पार्टी 
१३    जनता समाजवादी पार्टी, नेपाल
१४    बहुजन शक्ति पार्टी
१५    आम जनता पार्टी
१६    नेशनल रिपब्लिक नेपाल
१७    नेपाल समाजवादी पार्टी
१८    राष्ट्रिय मातृभूमि पार्टी
१९    राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

                                                                                                                                                                        (शालिग्राम शर्मा पौडेल)
                                                                                                                                                                       सहसचिव एवम् प्रवक्ता

  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार २०:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया