कांग्रेसले भन्यो- गृहमन्त्री लामिछानेको राजीनामाको विकल्प छैन

नेपाली कांग्रेसले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगि प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ ।  

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् । उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैं गृहमन्त्री हुँदा निष्पक्ष छानबिन हुन नसक्ने बताए ।

उनले आफैंले आफैंलाई कारबाही गरेको नजिरसमेत नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताए । 

‘पीडितहरूले सप्रमाण लिखित उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि त्यसमा प्राविधिकरूपमा सघाइरहेको थियो । तत्कालीन गृहमन्त्रीले छानबिन अगाडि बढाउन निर्देशन पनि दिनुभएको थियो । यसैबीच सत्तासमीकरण बदलियो र जोविरुद्ध अनुसन्धान गर्नुपर्ने हो, उहाँ अहिले गृहमन्त्री हुनुहुन्छ । जसरी पनि गृहमन्त्री नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखिन्छ,’ सांसद खड्काले भने, ‘तसर्थः हामी उहाँको राजीनामा माग गर्दछौँ । कुनै पनि न्यायको सिद्धान्तको आधारमा आफैंले आफैंलाई कारबाही गरेको नजिर हामीसित छैन । मुद्दालाई प्रभावित पार्ने गरी अगाडि बढ्नु कानुनी राज्यमा सुहाउँदो कुरो होइन । यसप्रति हाम्रो गम्भीर चिन्ता र चासो छ । हाम्रो एउटै विकल्प हो । त्यो हो राजीनामा । राजीनामा भन्दा अर्को विकल्प छैन । अरू कुनै टालटुलले हुनेवाला पनि छैन ।’

उनले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताए । खड्काले स्वार्थको द्वन्द्व हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनी प्रश्न गरे । 





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १३:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया