रविको बचाउ गर्दै उपप्रधानमन्त्री महासेठले भने- प्रधानमन्त्रीको अफर छोडेर गृहमन्त्री बन्दैमा अपराधी हुँदैन

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘जहाँ हाम्रो उपप्रधानमन्त्री रवि लामिछानेजीको कुरा छ । त्यो कुरा अहिले जुन प्रकारले कांग्रेसले राजीनामाको माग गर्नुभएको छ । त्यो आफैँमा गलत कुरा हो । उहाँहरूको माग संसदीय छानबिन समिति हो । हिजो गठबन्धन चेन्ज हुँदा उहाँलाई नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउन सक्ने तर उहाँहरूको अफर स्वीकार नगर्दा र यो सरकारमा आएर गृहमन्त्री बन्दा अपराधी हुने, ठग हुने कुरा गलत हो । त्यसैले छानबिन जारी छ ।’

उनले छानबिनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताए । उनले दोषी जो कोही भए पनि कारबाहीको दायरामा आउने बताए । मन्त्री महासेठ गृहमन्त्री लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले विरोध गरिरहेको बताए । उनले प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको बताए ।

‘जो पनि दोषी भए भने त सरकारबाट बाहिर जानै पर्छ । कुनै चान्स छैन । जो सुकै होस् । यो गठबन्धन बाँकी समय सबै जान्छ । भौतिक पूर्वाधारलाई जसरी हुन्छ, राम्रो गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान सक्दैन,’ उनले भने, ‘सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित चाहे त्यो हुलाकी राजमार्ग होस्, महेन्द्र राजमार्ग होस् त्यो विकास । मदन भण्डारी राजमार्ग जुन होस्, उत्तर दक्षिण धेरै रोडहरु सम्पन्न गर्ने लक्ष्य लिएर यो सरकार अघि बढेको छ ।’

उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल चल्ने बताए । भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान नसक्ने भएकाले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विकास रहेको बताए । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १७:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया