औँला काटेर दाेस्राे पटक भाेट दिन पुगे भारतीय युवा

भारत– उत्तर प्रदेशको बुलन्दशहरमा भोट हाल्ने क्रममा गलत बटन थिचेपछि एक युवकले औंला काटेका छन् । 

बुलन्दशहरको अब्दुल्लाहपुर हुलासन गाउँका पवन कुमारले भने ‘म हात्तिलाई भोट दिन गएको थिएँ तर झुक्किएर फूलमाथि औंला पुग्यो । गलत बटन दबाएँ । घर गएर चक्कुले औंला काटेँ ।’

‘गल्तिले अर्काे पार्टीलाई भाेट दिएकाेमा मलाई पछुताे लागिरहेकाे थियाे, अनि साेचेँ अर्काेपटक भाेट दिएर आउँ ।’ पवन भन्छन् । उनले झुक्किएर भारतीय जनता पार्टीलाई भाेट दिएका थिए ।

भाजपाकाे चुनाव चिन्ह कमलको फूल हो भने, बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो। उक्त पार्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ।

बुलन्दशहरमा बिहीबार भएकाे दाेस्राे चरणकाे मतदानमा उनी भाेट दिन गएका थिए तर विद्युतीय भोटिंग मशिनमा धेरै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन्।

मतदान गरिसकेपछि चाेरऔंलामा मेट्न नसकिने गरि मसीकाे चिन्ह् लगाइने गरिएकाे छ । 






  • प्रकाशित मिति : वैशाख ६, २०७६ शुक्रबार १४:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया