सुर्खेतमा यात्रुवाहक बसमा आगजनी

सुर्खेत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रुवाहक बसमा आगजनी गरेको छ । उक्त समूहले गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्वरको बसमा आगजनी गरेकाे हाे । 

आइतबार राति साढे एक बजेतिर गाेचेखाेलामा बस राेकेर चालक, सहचालक र साहुलाई झारेर पेट्रोल खन्याएर पाँच–छ जनाको हतियारसहितको समूहले आगजनी गरेको हो ।

प्रहरीका अनुसार बस पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । बस जलाइएकाे ठाउँ नजिकै शंकास्पद वस्तु फेला परेको छ । 






  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार ८:१३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया