रविपत्नी निकिताले दिइन् तीनजनाविरुद्ध उजुरी

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अब अर्को मोड थपिएको छ । पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परि हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेकी श्रीमती निकित पौडेलले भिडियो किर्ते गरेको आरोपमा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणमा नयाँ मोड आउन सक्ने अनुमान गरिएको हो । 

निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिएकी हुन् । 

उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिए पनि प्रहरीले के गर्ने भन्ने निर्णय गरिसकेको छैन । प्रहरीले जाहेरीको विषयमाथि अनुसन्धान सुरु गरेको जनाएको छ । 

अहिले रवि लामिछानेसहित अन्य दुई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरी हिरासतमा छन् । मंगलबारमात्र अदालतले रविसहित अन्य दुईलाई थप पाँच दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

पुडासैनीको शव २० साउनमा नारायणगढस्थित एक होटलमा भेटिएको थियो । 






  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १४:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया