रवि लामिछानेकाे बयान सकियाे, थुनछेक बहस सुरु

सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाको चितवन जिल्ला अदालतमा बयान लिनेक काम सकिएको छ । 

बयान लगत्तै दुबै पक्षका कानुन व्यवसायीबाट बहस सुरु भएको छ । बहस सकिएपछि अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्छ । 

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।






  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १३:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया