बलात्कार मुद्दामा महरालाई सफाइ

काठमाडौं– काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला  अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

पूर्वसभामुख महरामाथि लागेको जबर्जस्ती करणी अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौंले आइतबार हेर्दाहेर्दैमा राखेको थियाे । यसबारे आइतबार फैसला हुने अपेक्षा गरिए पनि समय अभावका कारण फैसला हुन सकेन । 

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाबारे पक्ष–विपक्षमा बहस भएको थियो ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख महराको मुद्दामा आइतबार सुनुवाइ भएको थियो । 

महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो । 






  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १४:४७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया