सिङमा हरियो रङ लगाएका खसीबोकामात्रै खरिद गर्न महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ ।

महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा अनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकाले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन् । स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताए । उपभोक्ताले हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्नुपर्ने उनले बताए ।

उपत्यकाका मुख्य खसीबोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसीबोका र च्याङ्ग्राको पहिचान गर्दै हरियो र रातो रङ लगाई छुट्याएको छ । पशुको तापक्रम नाप्ने, नाकबाट सिगान बगेनबगेको, पखला लागे नलागेको, झोक्राएर बसे नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्याउने गरेको छ । यसरी हेर्दा स्वस्थ देखिए बिक्रीका लागि स्वीकृति दिइएको डा. झाले बताए । जाँचका क्रममा अस्वस्थ भएको पाइए छुट्टै आइसोलेसनमा राखेर उपचार गर्न लगाइएको पनि उनले बताए ।

दसैंका बेला काठमाडौंका खसीबोका बजारमा देशका विभिन्न स्थान तथा भारतदेखि समेत खसीबोका र च्याङ्ग्रा ल्याई बिक्री वितरण सुरु भइसकेको छ । यस्तो अवस्थामा अस्वस्थ पशुको बिक्री वितरण हुन सक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्याई स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो । 





  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १३:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया