देखिएन भृकुटीमण्डपको खुला बजारमा चहलपहल

दसैं सुरु भएको आठौं दिनसम्म पनि यस वर्ष विगत वर्षमा जस्तो बजार क्षेत्रमा चहलपहल देखिएन । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु घरबाट किनमेलका लागि खासै बाहिर निस्किएका छैनन् । काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजारमा पनि खासै चहलपहल देखिएको छैन ।

काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मुख्य बजार हो । तर यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन । व्यापारीहरुले ग्राहक नआउँदा दुई तीन दिनमा एकपटक मात्रै बोहनी हुने गरेको बताउँछन् । कोरोना संक्रमण रोकथामका लागि लामो समय लकडाउन हुँदा मानिसहरुको आम्दानी गुमेको छ ।

खासगरी निम्न वर्गहरु यसबाट अझ बढी प्रभावित भएका छन् । त्यसैले पनि यो बजारमा आउने ग्राहकहरू यस वर्ष कम छन् । भृकुटीमण्डपको यो बजार असोज ३ गते यता निरन्तर खुल्दै आएको छ । दसैंका बेलामा पनि व्यापार कम भएपछि व्यापारीहरू चिन्तित देखिन्छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ७५ प्रतिशत व्यापार घटेको उनीहरुको भनाइ छ ।

सस्तो र राम्रो सामान पाउने भएकाले पनि यो बजारमा मानिसहरु किनमेलका लागि पुग्ने गर्छन् । यो बजारमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीहरु सस्तोमा पाउन सकिन्छ । तुलनात्मक रुपमा अन्य बजारमा भन्दा यो बजारमा निकै सस्तो र राम्रो समान पाउने भएकाले निम्न वर्गका लागि किनमेल गर्न उपयुक्त छ । बजारमा भेटिएका ग्राहकहरुले पनि राम्रो र सस्तो समान पाउने भएकाले आफूहरु किनमेलका लागि भृकुटीमण्डपमै आउने गरेको बताएका छन् । 

भृकुटीमण्डपको सस्तो बजार ठूलो पनि छ । अन्य बजारमा भन्दा तुलनात्मक रुपमा सस्तोमा समान पाउन सकिन्छ । त्यसैले पनि मानिसहरु यो बजारमा किनमेलका लागि आउने गर्छन् । तर यस वर्ष कोरोना महामारीका कारण मानिसहरुको क्रयशक्ति घटेकाले किनमेलका लागि आएको देखिँदैन । त्यसैले विगतका दसैंमा निकै भिड हुने यो बजार यसपटक सुनसान देखिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १७:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया