महान् फुटबलर म्याराडोनाको अन्तिम बिदाई

महान फुटबलर डिएगो म्याराडोनाको अन्तिम बिदाई भएको छ । उनको पार्थिव शरीर ब्युनस आयर्सको चिहानमा अन्त्येष्टि गरिएको हो । 

बुधबार हृदयघातका कारण निधन भएका ६० वर्षीय म्याराडोनाको शोकमा अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । उनको निधनमा विश्व शोकमा छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको अन्त्यिेष्टिमा परिवारका सदस्य र नजिकका साथीको मात्र सहभागीता रहयो । कफिनमा उनलाई चिहानघरतर्फ लादै गर्दा उनका विश्वभरका फ्यानका आँखा रसाए । 

औपचारिक कार्यक्रममा सीमित संख्यामा उनका साथीभाइ र आफन्त भेला भएका भए पनि उनको बिदाइको दृष्य हेर्न पुगेकाको भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्नु परेको छ । 

दुई हप्ता अगाडि मस्तिष्कको शल्यक्रिया गराएका उनको बुधबार निधन भएको हो । म्याराडोना ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए । सुधार गृहमा विश्वलाई छोडेका म्याराडोनाले ४९१ खेलमा २५९ गोल गरे । म्याराडोना गरिब परिवारका विलक्षण प्रतिभा हुन् । उनले जुनियर टिमको नेतृत्व गर्दादेखि नै विलक्षण खेल प्रदर्शन गरे । उनले १६ वर्ष चार महिनाको हुँदा अन्तर्राष्ट्रिय खेलमा अवसर पाएका थिए । 



 




  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार ८:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया