प्रचण्डको मनमा आग्रह, आक्रोश, घृणा र कुण्ठा अटेसमटेस छः ओली

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्षबीच चलिरहेको आरोप प्रत्यारोप तत्काल अन्त्य हुने देखिँदैन । 

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा पनि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध निकै कडा शब्दमा आलोचना गरेका छन् । 

अध्यक्ष ओलीको प्रतिवेदनको तेस्रो बुँदामा उनले प्रचण्डको मनमा आक्रोश र आग्रह, घृणा र कुण्ठा रहेको उल्लेख गरेका छन् ।

‘जुन व्यक्तिको मनमा यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ,’ ओलीले उक्त बुँदामा लेखेका छन् । उनले प्रचण्डको प्रस्ताव पढेपछि सामान्य व्यक्तिले पनि उनीबाट आफूले पाएको सहयोगको अनुमान गर्न सक्ने कुरा पनि त्यसमा उल्लेख गरेका छन् । 

अनि थपेका छन्, ‘त्यस्ता व्यक्तिबाट मलाई सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो सहयोग भयो होला ?’






  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १८:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया