रामचन्द्र पौडेलले गरे बुल्दी खोला पुल उद्घाटन

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिकामा पर्ने बुल्दी खोला पुल उद्घाटन गरेका छन् । 

यो पुलको उद्घाटन एक कार्यक्रमबीच बिहीबार गरिएको हो । बुधबार यही पुल उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुँदा नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
बिहीबार उनी नेपाली कांग्रेसका सयौँ नेता तथा कार्यकर्तासहित पुलको उद्घाटन गर्न पुगेका थिए ।

बुधबार जिल्ला प्रशासन कार्यालय तनहुँले पुल निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पर्ने भन्दै पौडेललाई नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिइएको ३ घन्टापछि बल्ल प्रशासनले उनलाई छोडेको थियो । 

पौडेललाई लिएको घटनालाई लिएर नेपाली कांग्रेसले सरकारको व्यापक आलोचना गरेको छ । केही स्थानमा कांग्रेसका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन पनि गरेका छन् ।






  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १३:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया