नेकपा विवाद अब स्थायी समिति बैठकमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षले सचिवालयमा पेस गरेका छ्ट्टाछुट्टै प्रस्तावबारे अब स्थायी कमिटीमा छलफल हुने भएको छ । नेकपाको स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने यसअघि नै तय भइसकेको छ । 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको हाे । शनिबार झण्डै ४ घण्टा बसेको सचिवालय बैठकमा सबै नौजना सदस्य नै उपस्थित थिए । 

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । ओलीले सहमतिमा नयाँ प्रस्ताव बनाउनुपर्ने प्रस्ताव गरे पनि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान राखेका थिए । 

आजको बैठक सुरु हुनुअघि ओली र प्रचण्डबीच २५ दिन पछि पहिलोपटक ‘वान टु वान’ छलफल भएको थियो । 





  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १८:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया